मलंगवा – सर्लाहीको मलंगवा नगरपालिकाका मेयर निरसल साह जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका साह कांग्रेसले फेरि टिकट नदिएपछि जसपामा प्रवेश गरेका हुन् । उहाँलाई जसपाले पार्टी प्रवेश गर्नासाथ आइतबार नै मेयरमा टिकट दिइसकेको छ ।
साहलाई जसपाका सांसद प्रमोद साह, प्रदेश सभा सदस्य अशोक यादव, जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी, जिल्ला अध्यक्ष वीरेन्द्र यादव लगायतले जसपामा प्रवेश गएका हुन् । कांग्रेसले मलंगवा नगरपालिकाको मेयरमा यो पटक पूर्व मेयर नागेन्द्र यादवलाई टिकट दिएको छ ।
कांग्रेसबाट पुनः टिकट नपाउने भएपछि साह आइतबार बिहान जनकपुरमा प्रदेश समितिको बैठक सकिनासाथ अरु नेताहरु भन्दा अगाडि नै आएर जसपाका नेताहरुसँग सम्पर्क बढाएका थिए ।