logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

एमालेले सर्लाहीका १६ वटा पालिकामा टुंग्यायो प्रमुखको उम्मेदवार (नामावलीसहित)


  • उज्यालो अभियान

लालबन्दी – नेकपा एमालेले सर्लाहीका १६ वटा पालिकामा प्रमुखहरुको उम्मेदवार टुंगो लगाएको छ । आइतबार जनकपुरधाममा बसेको प्रदेश कमिर्टीको बैठकले ४ वटा पालिका खाली राखेर १६ वटा पालिकामा प्रमुखको उम्मेदवार टुंगो लगाएको हो ।

एमालेले लालबन्दी, हरिवन र ईश्वरपुरमा अहिलेकै मेयरलाई पुनः उम्मेदवारमा दोहोर्याएको छ । लालबन्दीको मेयरमा मानबहादुर खड्का, उपमेयरमा सनसरिमाया थिङ, ईश्वरपुरको मेयरमा मनोज कुमार देवकोटार र उपमेयर खाली, हरिवनकोे मेयरमा गणेश प्रसाद प्रसाई र उपमेयरमा हरिमाया घलानलाई उम्मेदवार बनाइएको छ ।

यस्तै, बरहथवा नगरपालिकाको मेयरमा कल्पना कटुवाल, उपमेयर खाली, हरिपूर्वा नगरपालिकाको मेयरमा जयप्रकाश यादव र उपमेयरमा अंगुरी खातुन, बलरा नगरपालिकाको मेयरमा सचित्र सहनी र उपमेयरमा रन्जु कापर, बागमती नगरपालिकाको मेयरमा टंकबहादुर बस्नेत (गोकुल) र उपमेयरमा सरिता घिसिङ, गोडैता नगरपालिकाको मेयरमा श्यामबाबु साह र उपमेयरख खाली, कविलासी नगरपालिकाको मेयरमा कौशलकिशोर यादव र उपमेयरमा मीना कुमारी देवीले टिकट पाएका छन् ।

यसैगरी, ब्रम्हपुरी गाउँपालिकाको अध्यक्षमा रीता साह र उपाध्यक्ष खाली, चक्रघट्टा गाउँपलिकाको अध्यक्षता सिकेन्द्र कुमार चौधरी र उपाध्यक्षमा सविना खातुन, धनकौल गाउँपालिकाको अध्यक्षतामा अजय कुमार सिंह र उपाध्यक्ष खाली, बसबरिया गाउँपालिकाको अध्यक्षमा रामविश्वास राय र उपाध्यक्ष खाली, पर्सा गाउँपालिकाको अध्यक्षमा नागेश्वर साह र उपाध्यक्ष खाली, विष्णु गाउँपालिकाको अध्यक्षतामा राजेन्द्र राय यादव र उपाध्यक्ष खाली, रामनगर गाउँपालिकाको अध्यक्षमा पुरुषोत्तम चौधरी र उपाध्यक्षमा निलम यादवले टिकट पाएका छन् ।

एमालेले जिल्लाको हरिपुर नगरपालिकाको प्रमुख, उपप्रमुख, मलंगवा नगरपालिकाको प्रमुख, उप्रमुख, कौडेना गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र चन्द्रनगर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष खाली राखिएको छ ।

यि चार पालिकामा एमालेका स्थायी कमिटी सदस्य प्रभु साह र मधेस प्रदेश उपाध्यक्ष रेवती पन्तले समन्वय गरी उम्मेदवार तय गर्ने अख्तियारी पाएका छन् । खाली रहेका ठाउँहरुमा सोमबार मध्यान्ह १२ बजेसम्म उम्मेदवारहरु तय गरिने प्रदेश उपाध्यक्ष पन्तले बताए ।