logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

वडाध्यक्षमा उठन प्रधानाध्यापकबाट राजिनामा


  • उज्यालो अभियान

राजिनामा बुझाउँदै प्रधानाध्यापक शुक्र लामा (दायाँ) । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरमा रहेको आधारभूत विद्यालयका प्रधानाध्यापक शुक्र लामाले वडाध्यक्षमा चुनाव लड्न पदबाट राजिनामा दिएका छन् ।

लामाले विद्यालयको प्रधानाध्यापक पदबाट दिएको राजिनामा बिहीबार वडाध्यक्ष टोपबहादुर श्रेष्ठलाई बुझाएका हुन् । लामा नेकपा माओवादी केन्द्रको तर्फबाट लालबन्दी नगरपालिका–८, मा वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

बिहीबार नै भएको माओवादी केन्द्रको वडा भेलाले पार्टीको तर्फबाट वडाध्यक्षमा लामाको एकल नाम सिफारिस गरेको छ । वडाध्यक्षमा चुनाव लड्नका लागि आफूले सोइच्छा राजिनामा बुझाएको लामाले उज्यालो अभियानसँग बताए ।