logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लालबन्दीमा एमालेको प्रदेश स्तरीय जनवर्गिय संगठनहरुको भेला


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीमा मंगलबार नेकपा एमाले निकट मधेस प्रदेश स्तरीय जनवर्गिय संगठनहरुको भेला सम्पन्न भएको छ ।

लालबन्दी नगरपालिका–६, स्थित मदनआश्रीत भवनमा पार्टीका मधेस प्रदेश कमिटीका उपाध्यक्ष रेवती पन्तको अध्यक्षता तथा प्रदेश सहइन्चार्ज प्रभु साहको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलामा पार्टीको प्रदेश कमिटीका सदस्य, विभिन्न जनवर्गिय संगठनमा आवद्ध नेताहरु, एमालेका सर्लाहीस्थित अगुवा नेताहरु लगायतको उपस्थिति रहेको थियो ।

उक्त भेलाले नेकपा एमालेलाई बैशाख ३० को निर्वाचनमा बिजयी गराउन विभिन्न नाराहरु तय गर्नुका साथै सबै एकजुट भएर चुनावमा होमिने निर्णय गरेको नेताहरुले बताएका छन् ।