logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नेविसंघको स्थापना दिवसमा दीप प्रज्वलन


  • उज्यालो अभियान

बयलवास – नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५३ औँ स्थापना दिवसको अवसरमा मंगलबार साँझ सर्लाहीको ईश्वरपुरस्थित बयलवासमा दीप प्रज्वलन गरिएको छ ।

नेविसंघ क्षेत्र नं. १ को क्षेत्रीय समितिले दीप प्रज्वलन गर्दै आफ्नो स्थापना दिवस मनाएको हो । नेविसंघको क्षेत्रीय सचिव प्रकाश मैनालीको अध्यक्षता तथा कांग्रेस १ नम्वर क्षेत्रका सभापति हरिबहादुर लुंगेलीको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन गरिएको हो ।

२ नम्वर क्षेत्रका क्षेत्रीय सभापति कौशलकिशोर राय, २ नम्वर क्षेत्रका पूर्व क्षेत्रीय सभापति दिनेश मिश्रा, क्षेत्र नं. १ (क) का क्षेत्रीय सभापति अनिल कर्ण लगायतले नेताहरुको पनि दीप प्रज्वलनमा उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरुले नेविसंघको स्थापना तथा आगामी निर्वाचनका सन्दर्भमा मन्तव्य व्यक्त गरेका थिए ।