logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बयलवासमा नयाँ इन्स्पेक्टर रोशन थापा हाँजिर


  • उज्यालो अभियान

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलवासस्थित इलाका प्रहरी कार्यालय केशरगंजमा नयाँ प्रहरी निरीक्षक (इन्स्पेक्टर) हाँजिर भएका छन् ।


बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट सरुवा भई आएका प्रहरी निरीक्षक रोशन थापा आइतबार साँझ कार्यालयमा हाँजिर भएका हुन् । कार्यालयका यसअघिका इन्चार्ज प्रहरी निरीक्षक जनकराज ढुंगाना सरुवा भएको ठाउँ जिल्ला प्रहरी कार्यालय बझाङ गइसकेका छन् ।


प्रहरी प्रधान कार्यालयले केही दिनअघि देशभरका ६७३ जना प्रहरी निरीक्षकको सरुवा गर्दा सर्लाहीबाट पनि ७ जना प्रहरी निरीक्षकको सरुवा गरेको थियो । ७ जनामध्ये अहिलेसम्म बयलवासबाहेक अन्यत्र पुरानै प्रहरी निरीक्षकहरु छन् ।


अब दुई/चार दिनभित्रै नयाँ प्रहरी निरीक्षक आएपछि अहिले भएका प्रहरी निरीक्षकहरु सरुवा भएको स्थानमा जाने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।