मोटरसाईकल धनी समुन्द्रदेव खत्रीलाई शुक्रकार बिहान मोटरसाईकलको चाबी हस्तान्तरण गर्दै प्रहरी निरीक्षक भूपेन्द्र गिरी तथा उपस्थित हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं ।
हरिवन – ईलाका प्रहरी कार्यालय हरिवनले चोरी भएको मोटरसाईकल बरामद् गरि सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।
शुक्रबार बिहान एक कार्यक्रम बीच ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले मोटरसाईकल धनी समुन्द्रदेव खत्रीलाई मोटरसाईकलको चाबी हस्तान्तरण गरेका छन् । खत्रीको मोटरसाईकल हरिवन नगरपालिका–११ स्थित घर अगाडीबाटै गत चैत २८ गते राती यामाहा कम्पनीको २४९ सीसी क्षमताको ना. ४५ प ४३८२ नम्बरको मोटरसाईकल चोरी भएको थियो ।
उक्त चोरी भएको मोटरसाईकल अस्थायी प्रहरी पोष्ट जिरायतबाट खटिएको टोलील बागमती नगरपालिका–४ जिरायतबाट चैत २९ गते दिउँसो सबा १ बजेर बरामद् गरेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए । शुक्रबार बिहान हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंको रोहबरमा धनी समुन्द्रदेव खत्रीलाई मोटरसाईकल एवं चाबी हस्तान्तरण गरिएको थियो ।
पछिल्लो समय मोटरसाईकल चोरीको घटना बढ्दै गएको सर्बसाधारणले गुनासो गरेका छन् । यता हरिवन र लालबन्दी प्रहरीले भने चोरी भएका अधिकांश मोटरसाईकल बरामद् गरी सम्बन्धित धनीलाई हस्तान्तरण गर्दै आईरहेको छ ।