logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

तेस्रो चिरञ्जिवी स्मृति दिवस मनाइयो


  • उज्यालो अभियान

शंकरपुर – सर्लाहीको बागमती नगरपालिकास्थित शंकरपुरमा बिहीबार तेस्रो चिरञ्जिवी पोखरेल स्मृति दिवस मनाइएको छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टी जिल्ला कमिटी सर्लाहीले चिरञ्जिवी पार्क शंकरपुरमा स्वर्गिय पोखरेलको तस्बिरमा माल्यार्पणसहित स्मृति दिवस मनाएको हो । साबिक शंकरपुर गाविसका पूर्व अध्यक्ष रहेका पोखरेलको २०७६ साल बैशाख १ गते सदरमुकाम मलंगवाबाट फर्किने क्रममा सर्लाहीकै सलेमपुरमा सवारी दुर्घटनामा परेर निधन भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य द्वोय डिल्ली प्रसाद उप्रेती र बेची लुंगेली, नेकपा (एकीकृत समाजवादी) का नेता लक्ष्मण पौडेल लगायतले स्वर्गिय पोखरेलको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

फोटो क्याप्सन : तेस्रो चिरञ्जिवी पोखरेल स्मृति दिवस कार्यक्रमका सहभागि । (तस्बीर : उज्यालो अभियान)