गोडैतामा जसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु । (तस्बीर : उज्यालो अभियान)
गोडैता – सर्लाहीको गोडैतामा बुधबार जनता समाजवादी पार्टी (जसपा) ले आम सभा एवं पार्टी प्रवेश कार्यक्रम गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष वीरेन्द्र रायको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा गोडैता बजारमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा गोडैता नगरपालिका–९, का वडाध्यक्ष बासुदेव चौधरी, कविलासी नगरपालिका–३, का वडाध्यक्ष संजिव साह, रामनगर गाउँपालिका १ का वडाध्यक्ष दिनेश मिश्र र मलंगवा नगरपालिका–१० मा निर्वाचित वडाध्यक्ष मुकेश कुमार झासहित ठूलो संख्यामा अन्य पार्टीका नेता तथा कार्यकर्ताहरु जसपामा प्रवेश गरेका पार्टीका नेता एवं प्रदेश सभा सदस्य अशोक यादवले जानकारी दिए ।
आम सभालाई जसपा केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, पार्टीका नेता एवं संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादव लगायतले सम्वोधन गरे । जसपा अध्यक्ष यादवलाई पार्टीका नेता कार्यकर्ताहरुले बरहथवादेखि स्वागत गर्दै गोडैतामा पुर्याएका थिए ।