logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीमा कांग्रेसका पालिका स्तरीय समितिले उम्मेद्वारहरुकाे नाम सिफारिस गर्न नमिल्ने


  • उज्यालो अभियान

मलंगवा – नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले सर्लाहीमा पालिका स्तरीय संयन्त्र नभएकाले नगर वा गाउँपालिका समितिले उम्मेद्वारहरुकाे सिफारिस गर्न नमिल्ने बताएका छन् ।

उनले सर्लाहीमा पालिका स्तरीय नगर वा गाउँपालिका समितीकाे अधिवेशन नभएकाले पूरानाे समितिले उम्मेद्वारहरुकाे नाम सिफारिस गर्न नमिल्ने सभापति सिंहले जानकारी दिए । सभापति सिंहका अनुसार वडा समितिले प्रदेश कार्यसमिति तथा प्रदेशले क्षेत्रीय कार्यसमिति समक्ष र क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमितिलाई बैठककाे निर्णयकाे प्रतिलिपी सहित समितिकाे लेटरप्याडमा लेखेर उम्मेद्वारहरुकाे नाम सिफारिस गर्नुपर्ने प्रावधान रहेकाे छ ।

कबिलासी नगर समितिले आईतबार कबिलासी नगरपालिकामा मेयरका लागि ८ जना र उपमेयरका लागि ३ जनाकाे नाम सिफारिस गर्ने निर्णय गरेकाे थियाे । कबिलासी नगर समितिका सभापति राजकुमार साहकाे अध्यक्षता रहेकाे बैठकमा नगर भित्रका १ देखि १० नम्बर वडाका वडा सभापतिहरुकाे उपस्थिती रहेकाे थियाे ।

याे पनि पढ्नाेस्

कांग्रेस कबिलासी नगर समितिले सिफारिस गर्याे मेयरमा ८ र उपमेयरमा ३ जनाकाे नाम