logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

चैती छठ पर्व मनाईयो


  • उज्यालो अभियान

सूर्यलाई अर्घ्य चढाउँदै व्रतालुहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीसहित तराई क्षेत्रमा बिहीबार चैती छठ पर्व मनाइएको छ ।

छठका व्रतालुहरुले बिहीबार साँझ अस्ताउँदो तथा शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् । जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन, मलंगवा, ईश्वरपुर, बरहथवा, चन्द्रनगरसहित २० वटै पालिकाका पोखरी, नहरलगायतका जलाशयबाट व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठ पर्व समापन भएको छ ।

कार्तिक शुक्लमा मनाइने छठ पर्व जति चर्चित नभए पनि विस्तारै चैती छठ गर्नेहरूको संख्या पनि बढेको छ । शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाका पर्व हुन् । शरद र वसन्त दुवै ऋतुमा शुक्ल चतुर्थीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।