logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

४ सय जनालाई पार्टी प्रवेश गराएको समाजवादीको दावी


  • उज्यालो अभियान

सासापुर – सर्लाहीको हरिवनमा बुधबार साँझ पूर्ब प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजबादीका केन्द्रिय अध्यक्ष माधब कुमार नेपालले कार्यकर्तालाई सम्वोधन गरेका छन् ।

पार्टीको हरिवन नगर कमिटीले हरिवनको सासापुर तिनघरेमा आयोजना गरेको पार्टी प्रवेश तथा नगर सभालाई सम्बोधन गरी नेपाल गृहजिल्ला रौतहटतर्फ लागेका हुन् । पार्टी प्रचार प्रमुख तथा हरिवन नगर अध्यक्ष चूडामणि वाग्लेले कार्यक्रममा करिव ४ सय जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको दावी गरेका छन् ।

जनकपुरबाट रौतहट फर्कने क्रममा अध्यक्ष नेपालले हरिवनको सभालाई सम्बोधन गरेका हुन् । सभालाई सम्वोधन गर्दै नेपालले अहिले देशभर नेकपा एकीकृत समाजवादीपार्टीतर्फ जनलहर बढिरहेको दावी गरेका छन् ।