logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनका युवकको कतारमा सवारी दुर्घटनामा परेर मृत्यु


  • उज्यालो अभियान

हरिवन – बैदेशिक रोजगारीका लागि कतार पुगेका सर्लाही हरिवनका एक युवकको कतारमै सवारी दुर्घटनामा परेर ज्यान गएको छ ।

रोजगारीका लागि ६ महिनाअघि मात्रै कतारको राजधानी दोहा गएका हरिवन नरपालिका-११, का ३४ वर्षीय अमृश कुमार जैसवालको मंगलबार सवारी दुर्घटनामा परेर ज्यान गएको हो । डेलिभरीको काम गर्ने जैसवाललाई मोटरसाइकलमा हिँडिरहेका बेला पछाडिबाट कारले ठक्कर दिएर मृत्यु भएको जानकारी आएको जैसवालका साथी तथा छिमेकी शम्भु मगरले जानकारी दिए ।

मगरले मृतक जैसवालको शव नेपाल ल्याउन आफूहरुले पहल गरिरहेको बताएका छन् । यस्तै, मृतक जैसवालको परिवारलाई कतार सरकारको नियम अनुसार पाउने रकम दिलाउन पनि पहल गरिरहेको मगरले बताए । तर त्यहाँको प्रहरीले भने कार चलाईरहेकी कतारी महिलाको दोष देखाउन इन्कार गरिरहेको बुझिएको छ । मृृतक जैसवालका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

फाेटाे क्याप्सन : कतारमा दुर्घटनामा परेर मृत्यु भएका अमृश कुमार जयशवाल । (तस्बिर : सामाजिक संजाल)