लालबन्दी – महेन्द्र राजमार्ग अन्तर्गत सर्लाहीको कालिञ्जोर पुल छेउमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आईतबार बिहान ट्रकको ठक्करबाट लालबन्दी नगरपालिका-२ निवासी २५ वर्षीय चन्दु पासवानको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतिर ना. २९ प २४३७ नम्बरको मोटरसाइकल चलाएर आईरहेका पासवानलाई लालबन्दी नगरपालिका-१७, स्थित कालिञ्जोर पुलको पूर्वी मुखमै विपरीत दिशाबाट आएको ना. ५ ख ८४८५ नम्वरको ट्रकले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते पासवानलाई मोडेल अस्पताल लालबन्दीमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि जनकपुर लैजादै गर्दा बाटैमा मृत्यु भएकाे छ । लालबन्दीमा तेल नपाएपछि रानीगंजस्थित पम्पबाट माेटरसाईकलमा पेट्राेल हालेर फर्कदै गर्दा पासवान दुर्घटनामा परेका हुन् ।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाईएकाे जनाएकाे छ ।