logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

वृद्दाश्रममा कार्की र दाहाल परिवारद्वारा मिष्ठान्न भोजन


  • उज्यालो अभियान

फाईल तस्बिर

जुटपानी – सर्लाहीको लालबन्दी नगरपालिका-२ जुटपानी स्थित वृद्धाश्रममा आईतबार पनि विभिन्न मनकारी परिवारले भोजन गराउनुका साथैँ खाद्यान्न सहयोग गरेको छ ।

पद्म-भुवनेश्वरी नमुना वृद्ध सेवाश्रममा हरिवन नगरपालिका-११ निवासी नेपाली कांग्रेसका युवा नेता विप्लव कार्कीले स्वर्गीय बुबाको खड्ग बहादुर कार्कीको ४५ औँ दिनको पुण्यतिथीको अवसरमा आश्रममा दिउँसोको खाजा खुवाउनुका साथैँ खाद्यान्न सामग्री पनि सहयोग गरेका हुन् । आमा सावित्री कार्कीसँगै आश्रममै आएर दिउँसोको खाजा खुवाउनुका साथैँ आश्रमका लागि खाद्यान्न सहयोग गरेकामा आश्रम परिवारले कार्कीप्रति धन्यवाद ज्ञापन गरेको छ ।

त्यस्तै, हरिपुर नगरपालिका-१ घरभई हाल हरिवन नगरपालिका-८ मा बस्दै आएका कृष्ण दाहाल र उनकी श्रीमति प्रमिला पोखरेलले आश्रममा बिहानको एक छाक मिष्ठान्न भोजन गराएका छन् । स्वर्गीय आमा ठाकुर कुमारी दाहालको वार्षिक पुण्यतिथी श्राद्धको अवसरमा दाहाल दम्पतिले आश्रमका वृद्धवृद्धालाई बिहानको एक छाक मिष्ठान्न भोजन गराएका हुन् । आश्रममा आश्रय लिएर बसिरहेका बेसहारा वृद्धवृद्धाका लागि सहयोग गरेका दुवै परिवारप्रति आश्रमकी अध्यक्ष भवानी कोईरालाले आभार प्रकट गरेकी छिन् ।