logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

उपराष्ट्रपति पुन हजरिया आउँदै


  • उज्यालो अभियान

उपराष्ट्रपति नन्दबहादुर पुन ।

हजरिया – उपराष्ट्रपति नन्दबहादुर पुन अहिले विहिबार बिहान ११ बजे सर्लाही आउँदै छन् ।

बरहथवा नगरपालिका-२, हजरियास्थित सामुदायिक भवनमा आयोजित शहीद परिवारलाई सम्मान गर्ने कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन उपराष्ट्रपति पुन आउन लागेका हुन् । उपराष्ट्रपति पुन विमानमार्फत बुधबार नै जनकपुर ओर्लिएर बर्दिवासआई बास बसिसकेका छन् ।

मधेश प्रदेश सरकारले विहिबार हजरियामा सर्लाही जिल्लाभरका सशस्त्र द्वन्द्वमा मृत्यु भएका र विभिन्न घटनामा मृत्युभई सरकारले घोषणा गरेका शहिदका परिवारलाई सम्मान गर्दैछ । मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय मातहत रहेको मधेशी शहीद प्रतिष्ठानले शहीदका परिवारलाई राहत प्रदान गर्दै सम्मान गर्न लागेको हो । सर्लाहीमा सशस्त्र द्वन्द्वमा र विभिन्न घटनामा मृत्युभई सरकारले शहीद घोषणा गरेका ६० जना छन् । ती ६० जनाको परिवारलाई जनही एक लाख नगद र कदर पत्रबाट सम्मान गर्न लागिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव राम कुमार महतोले बताए । उपराष्ट्रपतिको सर्लाही आगमनलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा निकाय सुरक्षा व्यवस्था चुस्त पार्न लागिपरेको छ ।