logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सलेमपुर मोटरसाइकल दुर्घटना : पछाडी सबार एकजनाकाे पनि मृत्यु


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

मलंगवा – सर्लाहीको कविलासी नगरपालिका–१०, सलेमपुरमा साेमबार दिउँसाे भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

गम्भीर घाइते मलंगवा नगरपालिका–३, निवासी २६ वर्षीय मकबुल लहरी सफीकाे मृत्यु भएकाे हाे । उनलाई मलंगवा स्थित प्रादेशिक अस्पतालबाट थप उपचारका लागि वीरगंजतर्फ लगिएकाे र त्यहाँ पुग्ने वितिकै चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएकाे छ ।

साेमबार दिउँसाे साँढे १ बजे स सलेमपुरबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०१८ प ९६८३ नम्बरको मोटरसाइकल कविलासी नगरपालिका–१०, सलेमपुरमा बिजुलीको पोलमा ठोक्किएको थियो । अत्यन्त तिब्र गतिमा रहेकाले माेटरसाईकल विजुलीकाे पाेलमा ठाेक्किँदा ठूलाे घटना भएकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मलंगवा नगरपालिका–३ निवासी २७ वर्षीय तौखिन मिकरानीलाई भने तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याउने वितिकै चिकित्सकले मृत घोषणा गरेका थिए । पछाडि सवार मकबुल लहरी सफीलाई भने थप उपचारका लागि वीरगंज पठाईएकाे थियाे ।