
हरिवन – सर्लाहीकाे हरिवन नगरपालिका अन्तर्गत सुखेपाेखरी स्थित चतुर्भूजेश्वर महादेव मन्दिरबाट चाेरी भएकाे मुर्तीहरु सहित चाेरी संलग्न आराेपमा एकजना पक्राउ परेका छन् ।
गत आईतबार बिहान दुईबजे बजे मन्दिरबाट गणेश, दुर्गा माता, विष्णु, सुर्य, कुमार, गंगा माताका मुर्ती सहित मन्दिरको घण्टी र पुजा/आरतीका थालीहरु समेत चोरी भएकाे थियाे । चाेरी भएकाे मुर्ती लगायत सामग्री सहित हरिवन नगरपालिका-११ निवासी २० वर्षीय जितेन्द्र बैठा धोवीलाई प्रहरीले पक्राउ गरेकाे हाे । धाेवीलाई ईलाका प्रहरी कार्यालय बरहथवाकाे टाेलीले बरहथवा बजारबाट पक्राउ गरेकाे हाे । धाेवीलाई हाल ईलाका प्रहरी कार्यालय हरिवनले आफ्नाे हिरासतमा राखेर अनुसन्धान कार्य अगाडि बढाएकाे छ ।
फाेटाे क्याप्सन : मन्दिरबाट चाेरी भएका मुर्ती सहितका सामग्री र पक्राउ परेका जितेन्द्र बैठा धाेवी । (तस्बिर : ईप्रका हरिवन)