logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हतियार बुझाउन सर्लाही प्रशासनकाे आग्रह, नबुझाए कार्बाही गर्ने चेतावनी


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

मलंगवा – स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सर्लाहीसहित देशभरका स्थानीय प्रशासन हातहतियार संकलनमा लागेका छन् ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले वैधानिक हातहतियार प्रहरी इकाईमा बुझाउन अनुरोध गरेको हो । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउनलाई सर्लाही जिल्लाभित्र रहेका इजाजत प्राप्त हतियारहरू बुझाउन प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत कामेश्वर यादवले एक सूचना जारी गर्दै चैत मसान्तसम्म नजिकको प्रहरी इकाईमा इजाजत प्राप्त हतियारहरू बुझाउन सम्बन्धित सम्पूर्ण जिल्लावासीमा अनुरोध गरेका छन् ।

प्रहरी इकाइमा बुझाइएका सो हतियारहरू निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीले फिर्ता प्राप्त गर्न सक्ने सूचनामा उल्लेख छ । सूचनाको बर्खिलाप भएको पाइएमा कानुन बमोजिम कारवाही हुने चेतावनी समेत जिल्ला प्रशासन कार्यालयले दिएको छ ।