सांकेतिक तस्बिर ।
कबिलासी – सर्लाहीकाे कबिलासी नगरपालिका अन्तर्गत सलेमपुरमा साेमबार दिउँसाे माेटरसाईकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने अर्का एकजना गम्भीर घाईते भएका छन् ।
कबिलासी नपा-१०, सलेम्पुर स्थित मंलगवाबाट बरहथवा जाने क्रममा दिउँसाे साँढे १ बजे प्रदेश-२-०३-०१८ प ९६८३ नम्बरको माेटरसाईकल आफै अनियन्त्रीत भई सडक छेउको विद्युत पोलमा ठोक्किँदा माेटरसाईकल चालक मलंगवा नगरपालिका-३ निवासी भोला मिकरानीको छाेरा २७ वर्षीय तौखिन मिकरानीको मृत्यु भएकाे हाे । दुर्घटनामा परि गम्भीर घाईते मिकरानीकाे प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
माेटरसाईकल पछाडी सवार मलंगवा-३ निवासी २६ वर्षीय मकबुल लहरी सफि गम्भीर घाईते भएका छन् । उनलाई थप उपचारका लागि वीरगंजतर्फ पठाईएकाे र दुर्घटनामा परेकाे माेटरसाईकल नियन्त्रणमा राखेर अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।