logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

जीतपुर-सीमरा गाेल्डकपमा बागमती युवा क्लब वीजयी


  • उज्यालो अभियान

बागमती – सर्लाहीकाे बागमती युवा क्लबले जीतपुर-सीमरा गाेल्डकप फुटबल प्रतियाेगितामा सुखद् सूरुवात गरेकाे छ । शुक्रबार राती भएकाे प्रि-क्वाटरफाईनल खेलमा केबीए ग्लोबल बीएफसी चितवनलाई १ का विरुद्द २ गाेल गर्दै वीजयी भएकाे हाे ।

बागमतीकाे जीतका लागि दिपेश चाम्लिङ राई र प्रदिप लम्सालले गाेल गरेकाे बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिए । अब बागमतीले चैत १५ गते बुधबार हुने क्वाटरफाईनल खेलमा संकटा क्लबसँग सामना गर्नुपर्ने छ ।

त्यस्तै झापाकाे दमकमा भईरहेकाे दमक गाेल्डकप प्रतियाेगिता अन्तर्गत शुक्रबार नै सहभागी बागमती युवा क्लब पराजित भएकाे छ । मनाङमर्स्याङ्दी फुटबल क्लबसँग ४-२ गाेलले बागमती युवा क्लब पराजित भएकाे हाे ।

गत मंगलबार दिउँसाे आफैले आयाेजना गरेकाे राजर्षि जनक कपमा एनआरटीलाई हराएकाे बागमतीका खेलाडी बुधबार बिहान ३ बजे सर्लाहीबाट दमकतर्फ गएका थिए । दमकमा आयाेजकलाई हराएपछि बुधबार साँझ नै हिँडेकाे बागमती टिम विहिबार बिहानै सर्लाही आईपुगेकाे थियाे ।

विहिबार दिउँसाे राजर्षि जनक कपकाे डिफेण्डिङ च्याम्पियन पिप्ले युवा क्लब हेटाैंडासँग पहिलाे सेमिफाईनल खेलमा भने आयाेजक बागमती पराजित हुन पुग्याे । मंगलबारदेखि विहिबारसम्म निरन्तर त्याे पनि रातविरात गाडीकाे यात्रा सहित नेपालका एक से एक क्लबसँग भिड्नुपर्दा बागमतीका खेलाडी थकित बनेका छन् ।

यसैबीच शुक्रबार एकैदिन झन दुईतिर खेल्नका लागि थाकेका खेलाडीलाई पनि बाँडेर थपथाप गर्दै टिम पठाउनु पर्दा दमकमा भने नेपालकै राम्राे मध्यकाे एक मनाङमर्स्याङदीसँग बागमतीले हार व्यहाेर्न बाध्य भयाे ।

मधेश प्रदेशकै प्रतिष्ठित राजर्षि जनक कप फुटबल प्रतियाेगिता निरन्तर आयाेजना गर्दै छैठाैं संस्करण पुर्याईसकेकाे बागमती युवा क्लब माेफसलमा आफूलाई दरिलाे गरि चिनाउने यात्रामा अगाडि बढिरहेकाे छ । उसले केहीदिन अघि सम्पन्न खप्तड गाेल्डकप धनगडीमा नेपाल लिगकाे पछिल्लाे दुई संस्करणकाे च्याम्पियन मछिन्द्र फुटबल क्लब तथा ए डिभिजन लिग खेल्ने एनआरटीलाई समेत हराएर सनसनी मच्चाएकाे थियाे ।

फाेटाे क्याप्सन : शुक्रबार राती जीतपुर-सीमरा गाेल्डकपमा केबीए ग्लोबल बीएफसी चितवनलाई हराएकाे बागमती युवा क्लबकाे टिम । (तस्बिर : उज्यालाे अभियान)