संघीय सांसद् प्रमोद साह ।
वयलबास – सर्लाहीकाे ईश्वरपुर नगरपालिका स्थित वयलबास बजारमा शनिबार बिहान झडप हुँदा संघिय सांसद प्रमाेद साह गम्भीर घाईते भएका छन् ।
फूलजाेर-त्रिभुवननगर सडकखण्ड विस्तारका क्रममा फूलजाेड युवा क्लबकाे आधा भवन भत्किएकाे र बाँकी रहेकाे जग्गामा क्लबकै भवन बनाउने कि बनाउन नदिने भन्ने विषयमा स्थानीय बासिन्दाबीच विवाद थियाे । साेही विवाद बढ्दै जाँदा शनिवार बिहान दुईपक्ष बीच झडप भएकाे हाे । साेही झडपमा परी संघीय सांसद् साह घाईते भएका हुन् ।
ढुंगाले लाग्दा सांसद् साहकाे टाउकाेमा गहिराे चाेट लागेकाे प्रहरीले जनाएकाे छ । साहकाे वयलबास स्थित अमृत हेल्थकेयर अस्पतालमा प्राथमिक उपचार भईरहेकाे प्रहरीले जनाएकाे छ । सांसद् साहलाई मधुमेह लगायत दिर्घ राेग समेत देखिएकाले टाउकाेमै गम्भीर चाेट लागेकाे हुँदा यहाँ प्राथमिक उपचार पश्चात् थप उपचारका लागि बाहिर रेफर गरिने उक्त अस्पतालले जनाएकाे छ ।
अहिले प्रहरीले भिडलाई तितरवितर पारेर घटनास्थल नियन्त्रणमा लिएकाे छ । घटनाबारे अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यालय वयलबासले जनाएकाे छ ।