logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

जनज्योतिमा नेविसंघले बुझायो ज्ञापनपत्र


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी स्थित जनज्योति बहुमुखी क्याम्पसमा शुक्रबार नेपाल विद्यार्थी संघले शैक्षिक शिक्षाका क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग गर्दै ज्ञापन-पत्र बुझाएको छ ।

शुक्रबार बिहान नेविसंघ एकाई समितिले पछिल्लो समय क्याम्पसमा देखिएका विभिन्न शैक्षिक समस्याहरुको समाधान माग गर्दै ज्ञापन-पत्र बुझाएको हो । क्याम्पस प्रशासनलाई बुझाईएको ज्ञापन पत्रमा पुस्तकालयबाट विरतण गरिने पुस्तकहरुको तत्कालै व्यवस्था गर्न, शैक्षिक सामग्री र फर्निचरको उचित प्रबन्ध मिलाउन, शैक्षिक शुल्क समायोजन गर्नुपर्ने लगायतको माग राखिएको छ । शैक्षिक अवस्थाका बारेमा नेवी संघ सजग, सचेत र चिन्तित रहेकाले जतिसक्दो छिटो आफूहरुको माग सम्बोधन गरिदिन एकाई सभापति सुमित राज काफ्लेले माग गरेका छन् ।

यसैबिच, सर्लाहीको हरिवन नगरपालिकाले एक महिला कर्मचारीलाई पूर्बाग्रह राखेर कामबाट हटाएको भन्दै आज स्थानीय महिलाहरुले नगर प्रमुख गणेश प्रसाइलाई ज्ञापन-पत्र बुझाएका छन । ३ नम्बर वडा कार्यालयकी कार्यालय सहयोगी भिम कुमारी तमाङलाई तत्काल पुनर्बहाली गर्न माग गर्दै ज्ञापन–पत्र दिईएको हो । भिम कुमारी तमाङ पुनर्बहाली संघर्ष समितिकी संयोजक गिता घिसिङले हस्ताक्षर गरेको पत्रमा चैत १५ गते भित्र पुनर्बहाली नगरे कडा आन्दोलन गर्ने चेतावनी दिईएको छ । ज्ञापन-पत्र बुझाउन महिला नेताहरु बुक कुमारी थापा, पद्मा मोक्तान, लिली घिसिङ सहित २५ जना भन्दा बढी अगुवा महिला नगरपालिका गएको संयोजक घिसिङले जानकारी दिईन् । चैत्र १५ भित्र पुनर्बहाली नगरे हरिवनका सबै पार्टी एबं सबै पक्षका हजारौ महिला भेला भएर नगरपालिका घेराउ गर्ने कार्यक्रम रहेको संयोजक घिसिङले दाबी गरिन् ।

फाेटाे क्याप्सन : क्याम्पस प्रशासनमा ज्ञापन-पत्र बुझाउन जम्मा भएका नेविसंघका विद्यार्थीहरु । (तस्बिर : उज्यालाे अभियान)