बागमती – छैठौँ राजर्षि जनक कप फुटवल प्रतियोगिता अन्तर्गत शुक्रबार दिउँसाे ४ बजेर १० मिनेटमा मछिन्द्र फुटबल क्लब काठमाडाैं र सुदूरपश्चिम-११, धनगडी बीच दाेस्राे सेमिफाईनल खेल सूरू भएकाे छ । आजकाे विजयी टिमले राजर्षि जनक कपकाे फाईनल यात्रा तय गर्ने हुँदा खेल अत्यन्त प्रतिष्पर्धात्मक हुने निश्चित छ ।
सुदूरपश्चिम-११ प्रतियाेगिताकाे हरेक संस्करणमा सहभागी भईरहेकाे टिम हाे भने पछिल्लाे दुई संस्करणमा निरन्तर नेपाल लिग च्याम्पियन बनिरहेकाे मछिन्द्र फुटबल क्लब राजर्षिमा पहिलाे पटक सहभागी भएकाे हाे । मछिन्द्रले नेपालका एक से एक राष्ट्रिय खेलाडीहरु विमल घर्ती मगर, सुजल श्रेष्ठ, देवेन्द्र तामाङ, विशाल राई, राष्ट्रिय गाेलकिपर विशाल श्रेष्ठका साथै अफ्रिकन मूलका उत्कृष्ट विदेशी खेलाडी समेत मैदानमा उतारेकाे छ भने सुदूररपश्चिमले आफ्नै क्षेत्रका तथा भारतीय लिग फुटबल खेल्ने केही खेलाडीलाई मैदानमा झारेकाे छ । खेलका दर्शकहरुले नेपालकै निकै राम्रा खेलाडीहरुकाे टिम भएकाले मछिन्द्रलाई राजर्षि छैठाैं संस्करणकाे उपाधी उचाल्ने टाेलीका रुपमा समेत हेर्न थालेका छन् । यद्यपि नेपालकै सबैभन्दा बढी पुरस्कार राशीकाे नकआउट ´खप्तड गाेल्डकप` आयाेजना गर्दै आईरहेकाे र माेफसलमा आफैले समेत राम्रा खेलाडी उत्पादन गरिरहेकाे सुदूरपश्चिमलाई पनि कम आक्न नमिल्ने कतिपय फुटबलका जानकारहरु बताउँछन् ।
यसअघि राजर्षि जनक कप अन्तर्गत दाेस्राे संस्करणकाे उपाधी चुमिसकेकाे सुदूरपश्चिम-११ दाेस्राे पटक राजर्षी कप उचाल्ने यात्रामा आफूलाई जसरी पनि उभ्याउन चाहने हुँदा शुक्रबारकाे खेल निकै प्रतिष्पर्धात्मक हुने देखिन्छ । सुदूरपश्चिमले विहिबार मात्र जीतपुरसिमरा गाेल्डकप फुटबल प्रतियाेगितामा नेपालकाे ए डिभिजन लिग खेल्ने फ्रेण्ड्स क्लबलाई ३-१ गाेलले हराएकाे छ । विहिबार पनि भिडेर खेलेका सुदूरपश्चिमका खेलाडीले शुक्रबार नेपालकै १ नम्बर क्लबसँग मैदानमा उत्रनुपर्दा केही दबाब भने पक्कै झेल्नु पर्ने नै छ ।
क्वाटरफाईनलमा पाउना टाेली एभिनिर फुटबल क्लब क्यामरुनलाई हराएकाे मछिन्द्र र नेपाल पुलिस जस्ताे सशक्त टिमलाई हराएकाे सुदूरपश्चिम सेमिफाईनलमा आमनेसामने भएका हुन् । यद्यपि बाईमा परेका दुवै टिम विपक्षी टाेलीलाई ट्राईबेकरमा अभागी सावित गर्दै सेमिफाईनल यात्रा तय गरेका हुन् । शुक्रबारकाे विजेताले विहिबार सम्पन्न पहिलाे सेमिफाईनल खेलमा विजयी राजर्षिकाे डिफेण्डिङ च्याम्पियन समेत रहेकाे पिप्ले युवा क्लब हेेटाैंडासँग उपाधी चुम्नका लागि आगामी आईतबार भिड्नु पर्नेछ ।
आयाेजक र विदेशी १ सहित १२ वटा टिमले सहभागिता जनाएकामा नेपाल पुलिस क्लब काठमाडाैं, सशस्त्र प्रहरीको एपिएफ क्लब, हिमालयन शेर्पा क्लब काठमाडाैं, न्यूरोड टिम (एनआरटी) काठमाडौं, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लब पराजय व्यहाेर्दै प्रतियाेगिताबाट बाहिरिसकेका छन् । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका म्याच कमिस्नर दिपक लामाले जानकारी दिए ।
आयाेजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीका अनुसार प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने छ । प्रतियोगिताको फाईनल खेल भने चैत १३ गते आईतबार हुने बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिए ।