प्रतिकात्मक तस्बिर ।
मलंगवा – विद्युत करेन्ट लागेर एक मजदुरकाे मृत्यु भएकाे छ ।
बारा जिल्ला फेटा गाउँपालिका-१ त्रिबेणी टाेला निवासी २५ वर्षीय शिव कुमार बछारकाे शुक्रबार बिहान १० बजे करेन्ट लागेर मृत्यु भएकाे हाे । मलंगवा नगरपालिका-४ रिङरोडमा विद्युतको पोल गाडने क्रममा माथिपट्टि रहेकाे ११ हजार भोल्टको तारमा उक्त पोलले छाेएपछि बछारलाई करेन्ट लागेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ । करेन्ट लागेर गम्भीर घाईते भएका बछारलाई तत्काल उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा ल्याईएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । बछार विद्युत प्राधिकरणमा करारमा कार्यरत मजदुर रहेकाे बताईएकाे छ ।