logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

एनएमबिद्वारा विद्यार्थीलाई डिजिटल बैंकिङ सचेतना


  • उज्यालो अभियान

ईश्वरपुर – डिजिटल वित्तीय चेतना अभिवृद्धिका लागि एनएमबि बैंक, लालबन्दी शाखाले विहिबार वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।

डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न र गराउन सिकाउने लक्ष्यका साथ बैंकले विहिबार ईश्वरपुर नगरपालिकामा रहेको नारायण बहुमुखी क्याम्पस, बयलबासमा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम गरेको हो । डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहन गर्दै सेवाग्राहीलाई सरल र सहज तरिकाले बैंकिङ कारोबार गर्न अभ्यस्त बनाउने लक्ष्यका साथ विहिबार परेको ‘ग्लोबल मनि विक २०२२’ को अवसरमा डिजिटल बैंकिङ सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको एनएमबि बैंक लालबन्दी शाखा प्रबन्धक अरुण आचार्यले जानकारी दिए ।

कार्यक्रममा सहभागी स्नातक तह पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई मोबाइल सेटबाटै डिजिटल बैंकिङको प्रयोग, डिजिटल बैंकिङ सेवा लिने विधि, फाइदा तथा यसको सुरक्षाका बारेमा जानकारी दिइएको छ । डिजिटल वित्तीय चेतना तथा पहुँचलाई स्थानीय स्तरसम्म पुर्याएर घरैमा बसी-बसी बैंकिङ कारोबार गर्ने वातावरण बनाउनका लागि वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम गरिएको शाखा प्रबन्धक आचार्यले बताए ।