बागमती – छैठौँ राजर्षि जनक कप फुटवल प्रतियोगिता अन्तर्गत अहिले विहिबार दिउँसाे ४ बजेर १४ मिनेटमा आयाेजक बागमती युवा क्लब र डिफेण्डिङ च्यम्पियन पिप्ले युवा क्लबबीच पहिलाे सेमिफाईनल खेल सूरु भएकाे छ ।
स्व. सन्ताेष श्रेष्ठ समृति खेलमैदानमा भईरहेकाे दुई टिमबीचकाे खेल निकै प्रतिष्पर्धात्मक हुने आयाेजक बागमती युवा क्लबका म्याच कमिस्नर दिपक लामाले जानकारी दिए । विजयी टिम फाईनलमा प्रवेश गर्ने हुँदा दुवै टिमका खेलाडीले जीतका लागि मरिमेट्नेछन् । यसअघि क्वाटरफाईनल चरणमा एनआरटीलाई हराएकाे बागमती र हिमालयन शेर्पालाई हराएकाे पिप्लेकाे पहिलाे सेमिफाईनलमा भेट भएकाे हाे ।
पाँचाै संस्करणकाे विजेता पिप्ले आज बागमतीलाई हराउँदै लगातार दाेस्राे पटक राजर्षि कप उचाल्ने यात्रामा अगाडि बढ्न चाहन्छ । यता घरेलु मैदानमा हुने सेमिफाईनल प्रतिष्पर्धामा हेटाैंडालाई जसरी पनि पन्छाउँदै ´जसकाे फिल्ड, उसकाे शिल्ड` भन्ने फुटबलमा चलेकाे पूरानाे उक्तिलाई वास्तविकतामै परिणत गर्दै आयाेजक टिम आफैले उपाधी कब्जाका खातिर फाईनल यात्राका लागि बागमतीका खेलाडीले जाेडदार प्रयास गर्ने नै छन् । तथापी निरन्तरकाे खेल र दिनरात यात्रामा हिड्नु परेका कारण पिप्लेलाई जीत्नका लागि बागमतीका खेलाडीले निकै बढी मेहेनत गर्नु पर्ने निश्चित छ । आजकाे विजेता फाईनलमा पुग्ने र जीते १० लाख सहित प्रथम उपाधी चुम्ने नभएपनि उपविजेता बन्दै ५ लाख रूपैंयाकाे हकदार बन्ने सुनिश्चित छ ।
फाेटाे क्याप्सन : खेल सूरु हुनुअघि मैदानमा बागमती र पिप्लेका खेलाडी एवं खेलका निर्णायक टाेली । (तस्बिर : उज्यालाे अभियान)