लालबन्दी – नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु सर्लाहीको दोस्रो पूर्ण बैठक लालबन्दीमा सम्पन्न भएको छ ।
लालबन्दी नगरपालिका-५ मा स्थित मदन आश्रीत भवनमा बुधबार बसेको बैठकमा अनेरास्ववियु सर्लाहीका जिल्ला अध्यक्ष प्रज्जवल ढुंगानाको अध्यक्षता एवं अनेरास्ववियुका केन्द्रिय कमिटी सदस्य तथा सर्लाही जिल्ला सह-इन्चार्ज शिबहरी गौतमको प्रमुख आतिथ्यता रहेको थियो । बैठकले विभिन्न निर्णय गर्दै जिल्ला कमिटि अन्तर्गत विभिन्न विभाग पनि गठन गरेको छ ।
बैठकले जिल्ला कमिटि अन्तर्गत संगठन विभाग प्रमुखमा मोहितराज खड्का, अखिल फोर्स विभाग प्रमुखमा मोहन पाख्रिन, रचनात्मक विभाग प्रमुखमा सन्दीप थापा, प्रचारप्रसार विभाग प्रमुखमा युवराज आचार्य, खेलकुद विभाग प्रमुखमा राजेश मैनाली, स्वयंसेवक विभाग प्रमुखमा पवन सिंह र महिला विभाग प्रमुखमा पुजा चौलागाईलाई चयन गरेको जिल्ला सचिब आशिषबाबु दाहालले जानकारी दिए । त्यस्तै बैठकले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदान प्रदानका लागि यही चैत्र २६ गते हरिवनमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने निर्णय समेत गरेको छ ।
फाेटाे क्याप्सन : बैठकमा सहभागी विद्यार्थी नेताहरु । (तस्बिर : उज्यालाे अभियान)