मलंगवा – लागूपदार्थ दुर्व्यसनीकाे रुपमा प्रयाेग हुने प्रतिबन्धित आैषधी सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
बुधबार दिउँसाे भारतीय सीमावर्ती पर्सा गाउँपालिका-६ बाट भारतकाे बिहार प्रदेश अन्तर्गत मधुवनी जिल्ला ग्राम पोष्ट बिरौल थाना खजौली वडा नं.१३ निवासी शिंधेश्वर प्रसाद सिंहको छोरा २४ वर्षीय उमेश कुमार सिंहलाई लागूपदार्थ सहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ । नेपाली प्रदेश-३-०२-०११ प. ७०३२ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा सोही मोटरसाईकल चलाईरहेका सिंहकाे साथबाट १०० एमएलकाे १०० बाेतल काेल्डवेल नामक र १०० एमएलकै ५० बाेतल डाईलेक्स डीसी नामक लागूपदार्थकाे रूपमा प्रयाेग हुने आैषधी बरामद् भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथाेकीले जानकारी दिए ।
बरामद् लागूपदार्थ र माेटरसाईकल सहित पक्राउ परेका भारतीय नागरिक सिंहलाई जिल्ला प्रहरी कार्यालय मलंगवामै राखेर लागूआैषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान प्रकृया अगाडि बढाईएकाे प्रहरीले जनाएकाे छ ।
फाेटाे क्याप्सन : लागूपदार्थसहित पक्राउ परेका भारतीय नागरिक उमेश कुमार सिंह । (तस्बिर साैजन्य : जिल्ला प्रहरी कार्यालय मलंगवा)