तालिमका सहभागिलाई आवश्यक सामग्री हस्तान्तरण गरिँदै । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–४, मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत विभिन्न प्रविधियुक्त सामग्री हस्तान्तरण गरिएको छ ।
दुई महिने सिलाईकटाई तालिम लिएका १२ जना महिलालाई सिलाईकटाई मेसिन र एक हप्ते पशुपालक तालिम लिएका ६ जना किसानलाई जस्ता, बाल्टिन, खुर्पा लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको हो । वडाध्यक्ष सोमनाथ बरालको प्रमुख आतिथ्यतामा प्रविधिहरु हस्तान्तरण गरिएको वरिष्ठ उद्यम विकास सहजकर्ता समिर सुवेदीले जानकारी दिए ।