बागमती – सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार आयाेजक बागमती युवा क्लब र न्यूराेड टिम (एनआरटी) काठमाडाैंबीच तेस्राे क्वाटरफाईनल खेल सूरु भएकाे छ ।
दिउँसो ४ बजेर १५ मिनेटमा स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा दुई टिमबीच खेल सूरु भएकाे आयोजक टिमका म्याच कमिस्नर दिपक लामाले जानकारी दिए । यसअघि प्रि-क्वाटरफाईनल खेलमा केबीए ग्लोबल बीएफसी चितवनलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेकाे ए डिभिजन लिग खेल्ने र नेपालका चर्चित पूर्व राष्ट्रिय खेलाडी राजुकाजी शाक्य नेतृत्व (प्रशिक्षक) काे एनआरटी र बाईमा परेकाे आयाेजक बागमती युवा क्लब बीचकाे खेल निकै प्रतिष्पर्धात्मक हुने आयाेजककाे दाबी छ । बागमती युवा क्लबले केही दिनअघि धनगढीमा भएकाे खप्तड गाेल्डकपमा एनआरटीलाई ट्राईबेकरमा हराएकाे थियाे । आजकाे खेलमा पनि बागमतीले जीत दाेहाेर्याउने छ वा एनआरटीले बदला लिनेछ भन्ने चाँहि ९० मिनेटकाे खेल अवधि र त्यसमा पनि बराबरी भए ट्राईबेकर नै कुर्नुपर्नेछ । खेलमा जीत्नैपर्ने पक्षमा आयाेजक टिम देखिन्छ । उसले आजकाे खेललाई लक्षीत गर्दै ब्रुनाईबाट समेत तीनजना खेलाडी भित्र्याउने प्रयास गरेपनि खेलाडी नआईपुगेपछि नेपालमै ए डिभिजन लिग खेलिरहेका ३ जना अफ्रिकन खेलाडीलाई मैदानमा उतारेकाे छ ।
प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम (एनआरटी) काठमाडाैं, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएका आयोजक बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिए ।
जसमध्ये ध्रुबतारा स्पोर्टिङ क्लब झापा दमक हिमालयन शेर्पा क्लब काठमाडौंसँग, नव जन जागृति युवा क्लब सिमरा नेपाल पुलिस क्लबसँग, केबीए ग्लोबल बीएफसी चितवन एनआरटीसँग, एपीएफ क्लब एभिनिर फुटबल क्लब क्यामरुनसँग, हिमालयन शेर्पा क्लब काठमाडाैं पिप्ले युवा क्लब हेटाैंडासँग र पुलिस क्लब सुदूरपश्चिम-११, धनगढीसँग पराजय व्यहोरेर प्रतियोगिताबाट बाहिरिसकेका छन् । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।
त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए । प्रतियाेगिताकाे फाईनल खेल चैत १३ गते हुनेछ ।
फाेटाे क्याप्सन : दुवै टिमका खेलाडीहरु तथा निर्णायकहरु । (तस्बिर : उज्यालाे अभियान)