logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

प्रदेश सभा सदस्य महताेद्वारा विद्यालय भवन उद्घाटन


  • उज्यालो अभियान

किसनपुर – सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरमा रहेको जनता माध्यमिक विद्यालयमा सोमवार नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ ।
गाउँपालिकाको ६४ लाख रुपैयाँ लागतमा निर्माण भएको चार कोठे विद्यालय भवनको प्रदेश सभा सदस्य उपेन्द्र महतोले उद्घाटन गरेका हुन् । रिबन काटेर विद्यालय भवनको उद्घाटन गर्नुहुँदै प्रदेश सभा सदस्य महतोले विद्यालयलाई गुणस्तरीय र प्रतिस्पर्धात्मक शिक्षामा जोड दिन आग्रह गरेका छन् ।
विद्यालय भवन निर्माण भएसँगै पठनपाठनमा थप सहजता आएको भन्दै विद्यालयका प्रधानाध्यापक श्याम महतोले खुसी व्यक्त गरेका छन् । कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो, गाउँपालिकाकी उपाध्यक्ष विणादेवी साह, वडा नं. १ का वडाध्यक्ष बच्चे राय यादव, वडा नं. ५ का वडाध्यक्ष नन्दलाल राय लगायतले मन्तव्य व्यक्त गर्दै नियमित पठनपाठनसहित पढाईको स्तर पनि सुधार गर्न सुझाव दिएका छन् ।
फोटो क्याप्सन : विद्यालय भवनको उद्घाटन गर्दै प्रदेश सांसद उपेन्द्र महतो । (तस्बीर : उज्यालो अभियान)