logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

राजर्षि जनक कप : सडनडेथमा पुलिस अभागी, सुदूरपश्चिम सेमिफाईनलमा


  • उज्यालो अभियान

बागमती – सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटवल प्रतियोगिता अन्तर्गत साेमबार भएकाे दाेस्राे क्वाटरफाईनल खेलमा सुदुरपश्चिम-११, धनगढीले विभागिय नेपाल पुलिस क्लब काठमाडाैंलाई ´सडनडेथ`मा पराजित गरेकाे छ । ९० मिनेटकाे निर्धारित समय गाेलरहित बराबरीमा सकिएपछि नतिजाका लागि खेल ट्राईबेकरमा पुगेकाे थियाे ।

ट्राईबेकरमा दुवै टिमका ५-५ जना खेलाडीले बल प्रहार गर्दा ४-४ गाेलकाे बराबरी भएपछि नतिजाका लागि ट्राईबेकर प्रहार ´सडनडेथ`मा पुग्याे । सडनडेथमा सुदूरपश्चिमले पुलिसलाई ७-६ गाेलले पराजित गरेकाे हाे । जीतसँगै सुदूरपश्चिमले प्रतियाेगिताकाे अन्तिम ४ स्थानमा आफूलाई सुरक्षीत गरेकाे छ भने निर्धारित समयमा निकै उत्कृष्ट प्रदर्शन गरेकाे पुलिस अभागी सावित हुँदै बाहिरिएकाे छ ।

ट्राईबेकरमा नेपाल पुलिसको तर्फबाट भोलानाथ सिलवालले गरेको पहिलो प्रहार नै सुदूरपश्चिमका गाेलकिपर आकाश बुढाले राेके । जसले गर्दा पुलिस टिम दबाबमा पर्याे । त्यस्तै सडनडेथमा पुलिसकै राम वाजीकाे प्रहार समेत सुदूरपश्चिमका गाेलकिपर आकाशले राेकेपछि पुलिस अभागी सावित हुँदै प्रतियाेगिताबाट बाहिरियाे ।

ट्राईबेकरमा सुदूरपश्चिमका दिपेंक राज सिंह, करन रावत, माधव भण्डारी, गगन सिंह, विनाेद केसी, विक्रम सिंह ठकुरी र गाेलकिपर आकाश बुढाले गाेल गरे भने पुलिसका अजित भण्डारी, हेम तामाङ, नीर कुमार राई, सुमन सुवेदी, कपिल ढकाल र बुद्द बल तामाङले मात्र गाेल गरे । पुलिसका भाेलानाथ सिलवाल र राम वाजीकाे प्रहार सुदूरपश्चिमका गाेलकिपर आकाशले राेके भने सुदूरपश्चिमका मुन्दभी महताकाे प्रहार गाेलपाेष्ट बाहिर गयाे ।

ट्राईब्रेकरमा सुदूरपश्चिमका गोल रक्षक आकाश बुद्ध नायक सावित भए । उनले ट्राईबेकरमा पुलिसका दुई खेलाडीकाे प्रहार राेक्ने मात्र हैन आफैले समेत गाेल गर्न भ्याए । साेमबारकाे खेलमा म्यान अफ दि म्याच घाेषित हुँदै नगद १० हजार हात पारे ।

खेलको सुरुमा केही समय दुवै टोली आक्रामक देखिए पनि दाेस्राे हाफबाट भने पुलिस सुदूरपश्चिममाथि निकै हावी देखिएकाे थियाे । दाेस्राे हाफकाे झण्डै ३० मिनेट बल पुलिसका खेलाडीकाे खुट्टामा मात्र देखिन्थ्याे । पुलिसका खेलाडीले अनेकाै गाेलपाेष्ट प्रहार गरेपनि सुदूरपश्चिमकाे जाली चुम्न सकेन । राजर्षीकाे छैठाैं संस्करण सम्म आईपुग्दा पहिलाे पटक अफिसियलमा बसेका नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापालाई फिफा रेफ्रि नविन्द्र महर्जनले पहेंलाे कार्ड देखाए । अफिसियलमा बसेर अनावश्यक हल्ला गरेकाे भन्दै प्रशिक्षक थापालाई रेफ्रि महर्जनले कार्ड देखाएका हुन् ।

सुदूरपश्चिमले एभिनिर फुटबल क्लब क्यामरुन र मछिन्द्र फुटबल क्लबबीचकाे वीजेतासँग चैत ९ गते बुधबार हुने दाेस्राे सेमिफाईनल खेलमा प्रतिष्पर्धा गर्नुपर्नेछ । मंगलबार तेस्राे सेमिफाईनल खेल भने आयाेजक बागमती युवा क्लब र एनआरटी काठमाडाैंबीच प्रतिष्पर्धा हुने आयाेजक बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिए ।

फाेटाे क्याप्सन : साेमबार नेपाल पुलिस क्लबलाई हराएकाे सुदूरपश्चिम-११ टिम । (तस्बिर : उज्यालाे अभियान)