logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

मलंगवामा कांग्रेस क्षेत्रीय पदाधिकारीको पदस्थापना


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा सोमबार नेपाली कांग्रेस क्षेत्र नं. २ का नवनिर्वाचित पदाधिकारीकाे पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

१४ औँ जिल्ला अधिवेशन अन्तर्गत निर्वाचित २ नम्वर क्षेत्रको क्षेत्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरुको पदस्थापना कार्यक्रम सम्पन्न भएको हो । मलंगवास्थित जिल्ला समन्वय समितिको सभा हलमा कांग्रेस २ नम्वर क्षेत्रका निवर्तमान क्षेत्रीय सभापति दिनेश मिश्रको अध्यक्षता तथा पार्टीले ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका लागि सर्लाही जिल्लाको प्रतिनिधि बनाएर खटाएको केन्द्रीय सदस्य नगिना यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पार्टीका पूर्व केन्द्रीय सदस्य जंगिलाल राय, पूर्व जिल्ला सभापति लक्ष्मण राय, नवनिर्वाचित जिल्ला कार्य समितिका उपसभापतिद्वय डा. सरोज यादव र नवीन अधिकारी, जिल्ला सचिव मनोज यादव, मलंगवा नगरपालिकाका मेयर निरसल साह, मलंगवाका पूर्व मेयर नागेन्द्र प्रसाद यादव लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा क्षेत्र नं. २ का नवनिर्वाचित क्षेत्रीय सभापति कौशलकिशोर रायसहित उनी नेतृत्वको १७ सदस्यीय क्षेत्रीय कार्य समितिको पदस्थापन भएको छ ।

फोटो क्याप्सन : मलंगवामा आयोजित कांग्रेस क्षेत्र नं. २ को पदस्थापन कार्यक्रम । (तस्बीर : उज्यालो अभियान)