logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कांग्रेस नेतृ पन्तले दिईन्, जन्मदिनकाे अवसरमा वृद्दाश्रममा खाद्यान्न


  • उज्यालो अभियान

जुटपानी – नेपाली कांग्रेसकी नेतृ तुलसा पन्तले आफ्नाे जन्मदिनकाे अवसरमा वृद्दाश्रममा आश्रित वृद्दवृद्दाहरुलाई खाद्यान्न सहयाेग गरेकी छिन् ।

झापाबाट कांग्रेस महाधिवेशन प्रतिनिधि रहेकी तथा नेपाल विद्यार्थी संघकी निवर्तमान केन्द्रीय उपाध्यक्ष पन्तले लालबन्दी नगरपालिका-२, जुटपानी स्थित पद्म-भूवनेश्वरी नमूना वृद्द सेवाश्रममा आश्रित वृद्दवृद्दाहरुलाई खानका लागि साेमबार खाद्यान्न सहयाेग गरेकी हुन् । पन्तले आफ्नाे जन्मदिनकाे अवसरमा वृद्दाश्रमलाई ५० केजी चामल, ५ लिटर तेल, १३ केजी चना, ८ केजी केराउ र ५ केजी नुन प्रदान गरेकाे आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् । कांग्रेस नेतृ पन्त सर्लाही कांग्रेस युवा नेता निरमुनी मैनालीसँग गत माघ २८ गते विबाहबन्धनमा बाँधिएकी हुन् ।

यसैबीच वृद्दाआश्रममै सोमबार बिहान अर्काे एक परिवारले पनि मिष्ठान्न भोजन गराएको छ । काठमाडौं रानिपोखरी निवासी विजयराम भण्डारी र श्रीमती रुष्मा भण्डारीले आश्रममा बिहानको एक छाक मिष्ठान्न भोजन गराएका हुन् ।
भण्डारी दम्पत्तिले छोरी रुबिना भण्डारीको जन्मदिनको अवसर पारेर आश्रममा आश्रीत वृद्धवृद्धाहरुलाई भोजनको प्रवन्ध मिलाएको आश्रमकी वअध्यक्ष कोइरालाले बताईन् ।

फोटो क्याप्सन : आश्रममा खाद्यान्न सहयोग गर्दै मैनाली दम्पत्ति (दायाँ) र आश्रमका संरक्षक वाशुदेव शरण काेइराला दम्पति (तस्बीर : उज्यालो अभियान)