हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकामा सामुदायिक विद्यालयका प्रधानाध्यापहरुलाई विद्यालय नेतृत्व तथा व्यवस्थापन सम्बन्धि तालिमको उद्घाटन गरिएको छ ।
बालबालिकाहरुको समृद्धि र समुन्नतिको लागि काम गर्ने सेभ द चिल्ड्रेनको साझेदारीमा ग्रामीण नारी उत्थान संघ र हरिपुर नगरपालिकाको समन्वयमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत प्रधानाध्यापकहरुलाई तिन दिने विद्यालयको नेतृत्व तथा व्यवस्थापन समवन्धि प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । प्रेमलता होटल हरिपुरमा आईतबारबाट सुरु गरिएको तालिम मंगलबार सम्म चल्ने छ ।
हरिपुर नगरपालिकाका १५ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापहरुलाई विद्यालयको नेतृत्व र व्यवस्थापन, विद्यालयमा भएको स्रोत परिचालन गर्न मद्धत गर्ने उदेश्यले तालिम प्रदान गर्न लागिएको हो । तालिमको उद्घाटन शत्र ग्रामीण नारी उत्थान संघका सचिव सुर्य चालिसेको अध्यक्षता तथा हरिपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नागेश्वर रायको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ । कार्यक्रममा प्रशिक्षक राजेन्द्र मान्नधरले प्रशिक्षण प्रदान गरिरहेका छन् ।