लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाको सातौं विशेष नगरसभा सम्पन्न भएको छ ।
आईतबार बसेको नगर सभाले संघिय सरकारद्वारा चालु वर्षको बजेट भाषण मार्फत विद्यालय कर्मचारी, बाल विकास लगायतको विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीको न्यूनतम १५ हजार तलव पु¥याउने निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यस्तै सभाले जग्गा अधिग्रहण नियमावली समेत बनाएको छ । ऐलानी जग्गामा अव्यवस्थीत रुपमा बसोवास गर्नेहरुको जग्गा नाँप जाच गर्नेे र समयमा नसकिने तथा अत्यावश्यक पर्ने क्षेत्रमा काम गर्न योजना परिवर्तन गर्ने लगायतको निर्णय भएको लालवन्दी नगरपालिकाका नगर प्रमुख मानवहादुर खड्काले जानकारी दिए ।
यसअघि नगरपालिकाको आफ्नै सभा हलमा नगर सभाहरु संचालन हुदै आएकोमा यस पटक भने ८ नम्बर वडा कार्यालयमा विशेष नगर सभाको आयोजना गरिएको थियो । स्थानीय तहको निर्वाचन मिति नजिकिदै गएसँगै जिल्ला स्थित पालिकाहरुले विशेष नगर र गाउँ सभा राखेर योजना परिवर्तन लगायत विभिन्न निर्णयहरु गर्न थालेको एक जानकारले बताए ।