बागमती – सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत आईतबार दिउँसाे भईरहेकाे पहिलाे क्वाटरफाईनल खेल अन्तर्गत डिफेण्डिङ च्याम्पियन पिप्ले युवा क्लब हेटाैंडाले अग्रता लिएकाे छ ।
ए डिभिजन लिग खेल्ने हिमालयन शेर्पा क्लब काठमाडाैं विरुद्द पिप्लेका जर्सी नम्बर १७ का रुपक लामाले खेल सूरु भएकाे १५आैं मिनेटमा शानदार गाेल गरेका हुन् । ४० यार्ड परबाट लामाले प्रहार गरेकाे फ्रिकिक बलले हिमालयन शेर्पाकाे गाेलपाेष्टकाे जाली सहजै चुम्दा गाेलकिपर किशाेर गिरीले भेउ नै पाएनन् । दुवै टिमबाट अफ्रिकन खेलाडी समेत रहेका कारण खेल अत्यन्त प्रतिष्पर्धात्मक देखिएकाे छ । उद्घाटन खेलमा ध्रुबतारा स्पाेर्टिङ क्लब दमक झापालाई पराजित गरेकाे हिमालयन र माेफसलमा आफ्नै खेलमैदान सहित खेलाडीहरु समेत उत्पादन गरिरहेकाे डिफेण्डिङ च्याम्पियन पिप्ले युवा क्लब हेटाैंडा बाई मार्फत क्वाटरफाईनलमा भिडिरहेका हुन् । डिफेण्डिङ च्याम्पियन समेत भएकाले आयाेजकले पिप्लेलाई बाईमा राखेर साेझै क्वाटरफाईनल खेल्ने अवसर दिएकाे हाे ।