बागमती – सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत अहिले शनिबार भईरहेकाे खेलमा सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब र अफ्रिकन एभिनिर फुटबल क्लब क्यामरुन विचकाे खेल निर्धारित समयमा बराबरीमा सकिएकाे छ ।
खेलकाे ३७ आै मिनेटमा क्यामरुनका कप्तान जर्सी नम्बर १० का राेनीले १ गाेल गर्दै आफ्नाे टिमलाई अग्रता दिलाएका थिए । जर्सी नम्बर ११ का मार्टीनले डिबक्सभित्र दिएकाे बललाई सशक्त प्रहार गर्दै राेनीले खेललाई १-० मा पुर्याएका थिए ।
तर खेलकाे ८१आै मिनेटमा एपीएफका जर्सी नम्बर ८ का सविन गुरुङले क्यामरुनका गाेलकिपर अगाडि बढ्दा उनलाई बिट गर्दै बराबरी गाेल फर्काए । जर्सी नम्बर २ का विश्वास उदासकाे क्रसपासमा गुरुङले गाेल गरेका हुन् । खेलमा दुवै टिमका खेलाडीबीच गाेल थप्न निकै घम्साघम्सी परिरहेकाे थियाे । तर ४ मिनेटकाे ईनजुरी टाईम पनि गाेलरहित भएपछि खेलकाे नतिजाका लागि ट्राईबेकरमा गएकाे हाे ।