logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

मध्यान्तरलगतै पुलिसकाे लगातार दुई गाेल : पुलिस ४-० ले अघि


  • उज्यालो अभियान

बागमती – सर्लाहीकाे बागमतीमा जारी छैठाैं राजर्षि जनक कप फुटबल प्रतियाेगिता अन्तर्गत दाेस्राे दिन विहिबारकाे खेलमा नेपाल पुलिस क्लबले मध्यान्तर लगतै निरन्तर गाेलकाे वर्षा गरेकाे छ ।

मध्यान्तर लगतै ४६ आै मिनेटमा पुलिसका जर्सी नम्बर १४ का नीर कुमार राईले गाेल गर्दै खेललाई ३-० मा पुर्याएका थिए भने ५८ आैं मिनेटमा जर्सी नम्बर १२ का रविशंकर पासवानले अर्काे गाेल थप्दै खेललाई ४-० मा पुर्याए । यसअघि खेल सूरु भएकाे २० आैं मिनेटमा पुलिसका जर्सी नं. १६ का साैजन राईले डिबक्स एरिया नजिकबाट प्रहार गरेकाे फ्रिकिक बलले सहजै सिमरा गाेलपाेष्टकाे जाली चुमाएका थिए । त्यस्तै पुलिसका कप्तान जुमनुकाे पासमा जर्सी नम्बर १२ का रविशंकर पासवानले खेलकाे २८ आै मिनेटमा गाेल गर्दै खेललाई २-० मा पुर्याएका थिए । खेलमा सर्लाहीकै हरिवन निवासी जुमनु राई नेतृत्वकाे पुलिस टिम रविन ढुंगाना नेतृत्वकाे नव जन जागृति युवा क्लब विरुद्द निकै हाबी देखिएकाे छ ।