logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

राजर्षि जनक कप : पुुलिसले लियाे २ गाेलले अग्रता


  • उज्यालो अभियान

बागमती – सर्लाहीकाे बागमतीमा जारी छैठाैं राजर्षि जनक कप फुटबल प्रतियाेगिता अन्तर्गत दाेस्राे दिन विहिबारकाे खेलमा नेपाल पुलिस क्लबले दुई गाेलले अग्रता लिएकाे छ ।


नव जन जागृत्ति युवा क्लब सिमरालाई खेल सूरु भएकाे २० आैं मिनेटमा १-० गाेलले अग्रता लिएकाे हाे । पुलिसका जर्सी नं. १६ का साैजन राईले डिबक्स एरिया नजिकबाट प्रहार गरेकाे फ्रिकिक बलले सहजै सिमरा गाेलपाेष्टकाे जाली चुमेकाे हाे । त्यस्तै पुलिसका कप्तान जुमनुकाे पासमा जर्सी नम्बर १२ का रविशंकर पासवानले खेलकाे २८ आै मिनेटमा गाेल गर्दै खेललाई २-० मा पुर्याए । खेलमा सर्लाहीकै हरिवन निवासी जुमनु राई नेतृत्वकाे पुलिस हाबी देखिएकाे छ ।