सुखेपोखरी – सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीस्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसलाई हरिवन नगरपालिकाले थप एउटा बस उपलब्ध गराएको छ ।
बुधबार क्याम्पसमा एक कार्यक्रमका बीच हरिवन नगरपालिकाका पणरमुख गणेश प्रसाद प्रसाईंले क्याम्पस प्रमुख गंगा भुजेललाई क्याम्पस बसको चाबी हस्तान्तरण गरेका हुन् । नगरपालिकाले दुई वर्षअघि पनि क्याम्पसलाई एउटा क्याम्पस बस हस्तान्तरण गरेको थियो ।
उक्त क्याम्पस बसले बागमती नगरपालिकाको जिरायत, हरिवन नगरपालिकाको पाकड गाँछी, लालबन्दी नगरपालिकाको नवलपुर लगायत क्याम्पसदेखि टाढा पर्ने क्षेत्रबाट विद्यार्थीहरु ओसार्दै आइरहेको छ । क्याम्पस बस हस्तान्तरणकै अवसरमा बुधबार क्याम्पस गेटको उद्घाटन, खेलकुद सप्ताहको समापन र स्नातक तह चौँथो वर्षका विद्यार्थीहरुलाई बिदाई समेत गरिएको क्याम्पसको स्ववियू सभापति प्रज्वल ढुंगानाले जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डाकुरनाथ खतिवडा, एमाले नेता विदुर कुमार प्याकुरेल, हरिवन नगरपालिका १० का वडाध्यक्ष शम्भु प्रसाद मैनाली, पूर्व क्याम्पस प्रमुख हरिलाल मैनाली लगायतको उपस्थिति रहेको थियो ।
फाेटाे क्याप्सन : बसकाे चाबी क्याम्पस प्रमुख गंगा भूजेललाई हस्तान्तरण गर्दै हरिवन नगर प्रमुख गणेश प्रसाद प्रसाईं, तथा उपस्थित नेताहरु । (तस्बिर : उज्यालाे अभियान)