सोल्टी – सर्लाहीको बागमती नगरपालिका–८, सोल्टी बजारमा बुधबार आयोजित रक्तदान शिविरमा ७२ जनाले रक्तदान गरेका छन् ।
बागमती नगरपालिका–६, मा रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर सोल्टी बजारमा आयोजना गरेको रक्तदान शिविरमा ६२ जना पुरुष र १० जना महिला गरी ७२ जनाले रक्तदान गरेका संस्थाका अध्यक्ष जबाहारलाल कुशवाहाले जानकारी दिए । उनका अनुसार नेपाल रेडक्रस सोसाइटी उपशाखा राजघाटसँग समन्वय गरेर रक्तदान शिविर सम्पन्न गरिएको हो ।
संकलित रगत रेडक्रस वीरगन्जमा पठाइएको आयोजक सूर्योदय सहकारीले जनाएको छ । संस्थाले आफ्नो स्थापना दिवसका अवसरमा रक्तदानसहित विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष कुशवाहाले बताए ।
फोटो क्याप्सन : सोल्टी बजारमा आयोजित शिविरमा रक्दान गर्दै सर्बसाधाधारण । (तस्बीर : उज्यालो अभियान)