logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

राजर्षि जनक कप : झापा र हिमालयनबीच मध्यान्तरसम्म बराबरी


  • उज्यालो अभियान

बागमती – सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत अहिले बुधबार दिउँसाे भईरहेकाे उद्घाटन खेल मध्यान्तरसम्म गाेलरहित बराबरीमै रहेकाे छ ।

बागमती युवा क्लब र बागमती नगरपालिकाको आयोजनामा मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा ए डिभिजन लिग क्लब नेपाल आईस हिमालयन शेर्पा क्लब र माेफसल झापाकाे ध्रुबतारा स्पाेर्टिङ क्लब बीच भिडन्त भईरहेकाे छ । मध्यान्तर अघि आधा दर्जन पटक झापाका खेलाडीले हिमालयनकाे गाेलपाेष्टमा सशक्त प्रहार गरेपनि हिमालयनका गाेलकिपर किशाेर गिरीले उत्कृष्ट बचाउ गरे । मध्यान्तर अघि मैदानमा झापा नै हाबी रह्याे ।
अहिले साँझ ५:३१ बाट दाेस्राे हाफकाे खेल सूरु भएकाे छ ।  प्रतियाेगिता चैत १३ गतेसम्म चल्नेछ । बागमती नगरपालिका–११, कर्मैयास्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने प्रतियोगिताकाे अन्तिम समयमा मनाङ मर्स्याङ्दी क्लबले सहभागिता नजनाउने जानकारी गराएपछि आयोजकले झापाकाे ध्रुबतारालाई प्रतियोगितामा समावेश गरेको हो ।

प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम एनआरटी, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल फुटबल क्लब चितवन, धु्रवतारा स्पोटिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएका छन् । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।