logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

घुर्काैलीबाट सालको गोलिया बरामद


  • उज्यालो अभियान

जानकीनगर – वन गस्ती टोलीले सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा लुकाएर राखिएको सालको काठ बरामद भएको छ ।

सव डिभिजन वन कार्यालय मूर्तियाबाट सोमबार राती खटिएको वन गस्ती टोलीले सागरनाथ वन विकास परियोजनाको पटौल क्षेत्रमा बनमारा घारीभित्र लुकाएर राखिएको ३७ क्यूफिट बराबरको १३ थान सालको गोलिया बरामद गरेको हो । बेवारिसे अवस्थामा रहेको काठ बरामद गरेर नजिकै पर्ने सव डिभिजन वन कार्यालय जानकीनगरमा बुझाइएको सव डिभिजन वन कार्यालय मूर्तियाका जमदार अम्मर पाख्रिनले जानकारी दिए ।