logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवनमा समाजवादीको शपथग्रहण र शुभकामना


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा मंगलबार नेकपा एकीकृत समाजवादीले होली पर्वको शुभकामना कार्यक्रम एवं नगर कमिटीको शपथग्रहण तथा बैठक सम्पन्न गरेको छ ।

नगर कमिटीका पदाधिकारी केही समय पहिले नै चयन भए पनि कमिटीले मंगलबार पुर्णता पाएको हो । हरिवन नगरपालिका वार्ड नम्वर ४ को गेलामा ७१ सदस्यीय नगर कमिटीलाई शपथग्रहण गराईएको थियो ।

नगर अध्यक्ष चूडामणि वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी पोलिट्व्युरो सदस्य लक्ष्मण पौडेलले शपथग्रहण तथा प्रमाण पत्र प्रदान गरेको पार्टीले जनाएको छ । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य डिल्ली प्रसाद उप्रेती एवं वेची लुंगेली, जिल्ला अध्यक्ष सुरेन्द्र लामा, संविधान सभा सदस्य प्रकाश पाख्रीन, पार्टी नेता उत्तरकुमार मैनाली, कर्ण वहादुर लुंगेली, सरिता पाख्रीन, गिता घिसिड. लगायतले होली पर्वको शुभ कामना दिएका थिए ।

नगर अध्यक्ष चूडामणि वाग्लेका अनुसार नगर कमिटीको वैठकले अव वडा कमिटीहरुलाई पुर्णता दिने, वार्ड वार्डमा पार्टी कार्यालय खोल्ने, कलम छापको प्रचारको लागि विशेष योजना वनाएर गाउ गाउ पुग्ने निर्णय गरेको छ । होली पर्वलाई उच्छृखल वन्न दिनु नहुने सन्देश दिदै सामुहिक रुपमा होली खेलेर कार्यक्रम सम्पन्न गरिएको नगर सचिव किशोर मिक्चनले जानकारी दिए ।

फोटो क्याप्सन : होली पर्वको शुभकामना कार्यक्रम एवं नगर कमिटीको शपथग्रहण समारोह । (तस्बीर : उज्यालो अभियान)