logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी तरकारी बजार संघीय सरकार मातहत


  • उज्यालो अभियान

लालबन्दीस्थित तरकारी बजारमा बिक्रीका लागि राखिएको तरकारी किनबेच हुँदै । (फाईल तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दीमा स्थित थोक तरकारी बजार अब संघीय सरकार मातहत परेको छ ।

गत फागुन ४ गतेको मन्त्रीस्तरीय निर्णयबाट लालबन्दीको थोक तरकारी बजार केन्द्र सरकार मातहत परेको भनी आधिकारिक जानकारी प्राप्त भएको कृषि बजार व्यवस्थापन समितिले जनाएको हो । यो बजार यसअघि प्रदेश वा केन्द्र सरकार को मातहत रहने भन्ने अन्यौलता रहेको थियो । मन्त्रीस्तरबाटै निर्णय भएर आएपछि अब लालबन्दीको थोक तरकारी बजार केन्द्र सरकार मातहत रहेको प्रष्ट भइसकेको कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार यसअघि संघ सरकार मातहत १० वटा बजारहरु रहेकोमा अब लालबन्दीपनि समावेश भएसँगै ११ वटा पुगेको छ । कुन सरकार मातहत रहेर काम गर्ने भन्ने अन्यौलता हटेपछि आफूहरुलाई पनि काम गर्न सहज भएको घिमिरेले बताएका छन् ।