मलंगवा – नेपाली कांग्रेस सर्लाहीकाे जारी मतगणना अनुसार सभापतिमा लक्ष्मण रायले अग्रता लिएका छन् ।
५०० मत गणना गर्दा रायले २८२ मत प्राप्त गरेका छन् । त्यस्तै सभापतिका अर्का उम्मेद्वार सुरेन्द्र प्रसाद सिंहले भने २१६ मत पाएका छन् ।
त्यस्तै उप-सभापतिमा नविन अधिकारी ३०६, रविनन्दन चौधरी (पप्पु) २४३, डा. सरोज कुमार (राजु) २२१ र शेख सदुल्लाहले १९१ मत प्राप्त गरेका छन् । अधिकारी र चाैधरी राय तथा सराेज र सहदुल्ला सिंह प्यानलका हुन् ।
सचिवमा राय प्यानलका नरेन्द्र भट्राईकाे २९८ र कृष्ण राज रायमाझीकाे २६७ मत छ भने सिंह प्यानलका निरज कार्कीकाे २१५ र मनोज कुमार यादवकाे १८८ मत रहेकाे छ । सह-सचिवमा राय प्यानलकै सुर्य बहादुर खड्काले २९३ र दिनेश मिश्रले २४० मत पाएका छन् भने सिंह प्यानलका ईन्द्र बहादुर योन्जनले २५७ र सुनिल कुमार कुशवाहले १८२ मत प्राप्त गरेका छन् ।
मतगणना राती १ बजेबाट सूरु भएकाे हाे । क्षेत्र नम्बर एकबाट मतगणना सूरु गरिएकाे हाे । ३ हजार २७५ मत मध्ये ३ हजार १७४ मत खसेकाे थियाे ।