logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

उद्याेगपति केडियाप्रति अन्तिम श्रद्दाञ्जली व्यक्त गर्न मुख्यमन्त्री राउत बागमती आउँदै


  • उज्यालो अभियान

हिरालाल केडिया ।

हरिवन – उद्योगपति स्व. हिरालाल केडियाप्रति अन्तिम श्रद्दाञ्जली व्यक्त गर्न मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत सर्लाहीकाे बागमती आउने भएका छन् ।

अहिले केहीबेर पछि मुख्यमन्त्री राउत बागमती आईपुग्ने बताईएकाे छ । सर्लाहीको हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगका सञ्चालक राजेश केडियाका पिता हिरालालको ८६ वर्षको उमेरमा मंगलबार राती काठमाडौंमा निधन भएको हो । हिरालालको शव काठमाडौबाट राती नै वीरगंज ल्याईएको थियाे । दिउँसो सर्लाही र रौतहटको सिमा बागमती नदी किनारमा दाहसंस्कार गर्नका लागि स्व. केडियाकाे शव पनि वीरगंजबाट ल्याईदै गरेकाे प्रहरी स्राेतले जनाएकाे छ ।

हाल केडिया अर्गनाईजेशन नेपालका अध्यक्ष समेत रहेका स्व. हिरालालका रमेश, सुरेश, राजेश र विमल गरी ४ छोरा रहेका छन् । उनीहरुको ईन्दुशंकर बाहेक मैदा, चक्की आँटा, डाल्ला घ्यू, सिमेन्ट उद्योग लगायतमा लगानी रहेको छ भने शिक्षा क्षेत्रमा समेत डीएभी कलेज संचालन गरिरहेका छन् । स्व. हिरालाल नेपाल सरकारको विभिन्न मानपदवीबाट समेत विभूषित छन् ।

मुलुककै प्रतिष्ठित उद्याेगपति तथा वीरगंज निवासी समेत भएकाले स्व. केडियालाई अन्तिम श्रद्दाञ्जली व्यक्त गर्न मुख्यमन्त्री राउत बागमती आउन लागेका हुन् ।