logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कांग्रेस नेता आचार्यले दिए महिला समूहलाई सिलाईकटाई मेसिन


  • उज्यालो अभियान

सागरनाथ – नेपाली कांग्रेसका युवा नेता मनोज कुमार आचार्यले मंगलबार ईश्वरपुर नगरपालिका–४, सागरनाथमा परिवर्तन महिला कृषक समूहलाई ६ थान सिलाईकटाई मेसिन प्रदान गरेका छन् ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका आचार्यले महिला समूहलाई उक्त सहयोग प्रदान गरेका हुन् ।

सोही मेसिनबाट स्थानीय महिलाहरुलाई निःशुल्क रुपमा सिलाईकटाई तालिम प्रदान गरिने बताइएको छ ।